२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सुनसरी घटना: मृतक मेहताको परिवार र सरकारबिच ७ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सात बुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबिच भएको सहमति अनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ।

सहमतिपत्रमा साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम तत्काल कारबाही अघि बढाउने उल्लेख छ।

यसैगरी सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने र देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा तत्काल छानबिन प्रारम्भ गर्ने सहमति भएको छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुन बमोजिम कार्यान्वयन गरिनेछ।

नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज-३ सुनसरी लैजाने व्यवस्था गरी दाहसंस्कार गर्ने सहमति गरेको छ।

यस्तै, सो घटनामा ज्यान गुमाएका तीनै जनाको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त क्षेत्रमा यसै वर्ष बजेट विनियोजन गरी ‘स्मृति पार्क’ निर्माण गर्ने सहमति समेत भएको छ।

प्रकाशित: २५ श्रावण २०८३ २१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App