२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ।

उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ। उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए।

त्यसपछि उनी गृहसचिव पनि भएका थिए। दिवङ्गत थापाका दुई छोरा छन्।

प्रकाशित: १ असार २०८३ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App