२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता

द्विपक्षीय सम्बन्ध र सहयोगमा जोड

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबिच आज शिष्टाचार भेटघाट भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

सो अवसरमा व्यापार, शिक्षा र विकास साझेदारी जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा दुवै देशलाई फाइदा पुग्ने गरी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८३ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App