२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

सभामुख र मुख्यमन्त्रीलाई बरखास्त गर्न माग गर्दै मसाल जुलुस

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलको बर्खास्तीको माग गर्दै सातदलले मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी(एस) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्धारित कार्यक्रम अनुसार संयुक्त रुपमा शनिबार साझ मसाल जुलुस  प्रदर्शन गरेका हुन् ।  

नेपालको संविधानको धारा १६८(३) अनुसार रुपमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवलाई गत सोमबार बिहान मुख्यमन्त्रीको रुपमा शपथ खुवाएकी थिइन । त्यसयता सात दल निरन्तर विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

त्यस्तै ६४ जना प्रदेश सदस्यको हस्ताक्षर लिएर सभामुख रामचन्द्र मण्डलमाथि पद अनुकूलको आचरण नगरेको अभियोगको प्रस्ताव दर्ता गर्न मधेस प्रदेश सभा पुग्दा उनीहरुमाथि सभामुख मण्डलले स्वंयम नै हातपात गरेको आरोप लगाएका छन् ।  

मुख्यमन्त्री नियुक्तीका विषयलाई लिएर असन्तुष्ट सात दल सभामुखको गतिविधिपछि झन आक्रमक बन्दैँ गएका छन् । त्यसयता मोर्चाले लगतार मुख्यमन्त्री र सभामुखको बर्खास्तीको मागसहित दबाव बढाइरहेको छन् ।

यता, मुख्यमन्त्री नियुक्तीमा संविधानको धारा १६२(२) जीवित रहँदा पनि १६८(३) को प्रयोग गरिएको भनेर सात दल त्यस विरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्बोच्च अदालत समेत पुगेको छ ।

आइतबार सर्वोच्चको फैसला अनुसार थप रणनीतिक कार्यक्रमहरु गर्ने तयारी सात दलको छ ।

प्रकाशित: २९ कार्तिक २०८२ २०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App