१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

‘नेपो बेबी मुर्दावाद’ को नारापछि पाँच युवा पक्राउ

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरुले बिहीबार ‘नेपो बेबी मुर्दावाद’ का नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। 

शिक्षामन्त्री पोखरेल विश्वविद्यालयको वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका बेला केही युवाहरूले नाराबाजी गर्दै विरोध गर्दा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ। 

उनीहरुले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने वर्तमान व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए। 

प्रकाशित: ७ श्रावण २०८३ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App