१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्दा पाँच ‘यूथ कंग्रेस’ पक्राउ

सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्ने यूथ कंग्रेस नेपालका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै शनिवार संसद् भवन अगाडी शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यूथ कंग्रेसका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष बिराज अर्याल, केन्द्रीय सदस्य सुजनराज गिरी, धिरज सञ्जेल, आशिष शर्मा रहेका छन् । शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गरेकोमा यूथ कंग्रेस नेपालले विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।

प्रकाशित: २१ भाद्र २०८२ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App