२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस बैठकका पाँच निर्णय: भावी प्रधानमन्त्री गगन थापा

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाटै भावी प्रधानमन्त्री गगन थापालाई बनाउने निर्णय गरेको छ ।  

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो ।  

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्ताव र उपसभापति पुष्पा भुसालले समर्थन गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै थापालाई भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको हो ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय भएको छ ।  

बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गरेको छ ।  

त्यस्तै माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गरिएको छ ।  

बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

May be an image of text

 

प्रकाशित: ९ माघ २०८२ १७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App