२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पहिलो महिला महान्यायाधिवक्ताको आग्रह: मिलेर काम गरौं

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ लिएसँगै कार्यभार सम्हालेकी छन् । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेकी हुन् । यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । 

“परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भनिन्, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।”  

सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला बनेकी छन् । 

प्रकाशित: ३० भाद्र २०८२ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App