१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल

जेन-जी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय छलफल सुरु भएको हो।

राष्ट्रपति पौडेलले बोलाएको उक्त बैठकमा प्रधानमन्त्री सुशिला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्।

आन्दोलनपछि शीर्ष नेतृत्व यसरी एकै ठाउँमा बसेर संवाद गरेको यो पहिलो पटक हो। शीतल निवास स्रोतका अनुसार अहिले नेताहरूबीचको संवाद जारी छ।

प्रकाशित: ८ पुस २०८२ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App