१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बारा घटनाको छानविन गर्न महासंघको माग

बारामा मंसिर ३ गते उत्पन्न भएको हिंसात्मक झडपले स्थानीय शान्ति–सुरक्षामा गम्भीर असर परिरहेको भन्दै गैरसरकारी संस्था महासंघ नेपालले छानबिन र प्रभावकारी हस्तक्षेपका लागि सरकारलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काले बिहीबार जारी गरेको विज्ञप्तिमा झडपका कारण स्थानीय विमानस्थल बन्द हुनु, आवतजावत रोकिनु, विद्यालय तथा व्यवसायिक गतिविधि ठप्प हुनु र बासिन्दामाझ डर–त्रास फैलिनुजस्ता अवस्था अत्यन्त चिन्ताजनक भएको उल्लेख छ। संगठनले लोकतान्त्रिक व्यवस्थामा सभा, जुलुस र अभिव्यक्तिको स्वतन्त्रता नागरिकको मौलिक अधिकार भएको र यस्तो वातावरण धमिलिनु गम्भीर समस्या भएको बताए।

जेनजी र सरकारबीच सहमतिपछि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थालाई उल्लेख गर्दै महासंघले यस्ता घटनाले आगामी निर्वाचनको वातावरण प्रभावित हुन सक्ने चेतावनी दिएको छ। “स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न शान्ति–सुरक्षा मजबुत हुनु पहिलो पूर्वशर्त हो,” विज्ञप्तिमा भनिएको छ।

गैरसरकारी संस्था महासंघले बारा घटनाको सत्य–तथ्य छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा तत्काल प्रभावले सुनिश्चित गर्न सरकारलाई माग गरेको छ। संगठनले लोकतन्त्र, संविधान र मानवअधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नागरिक समाजको भूमिका सुरक्षित राख्न सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ।

प्रकाशित: ४ मंसिर २०८२ २१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App