२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

सङ्घीयता कार्यान्वयन गर्न कठिन छः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनल यस्तो बताएका हुन् ।  

उनले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गरे ।  

नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुवै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उनको गुनासो छ ।  

संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए ।

प्रकाशित: २८ चैत्र २०८२ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App