६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

फागुन २१ इतिहास बन्नेछ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नम्बर १ पुगेर फागुन २१ केवल मिति मात्र नभइ इतिहास बन्ने दाबी गरेका छन्। उनले फागुन २१ मा हुन लागेको निर्वाचनबारे बोल्दै भने, ‘तपाईंको घरको भित्तामा कति वटा क्यालेन्डर फेरिए मलाई थाहा छैन। हरेक वर्ष फागुन २१ आयो, तर यस पटकको फागुन २१ केवल मिति होइन, इतिहास हो।’

लामिछानेले आफू चुनावी भाषण गर्न नभइ जनताको मनभित्र रहेको आशालाई जीवित राख्न आएको बताए। उनले भने, ‘म चुनावी भाषणका लागि आएको होइन, जनताको मनमा बलिरहेको दियोमा अलिकति तेल हाल्न आएको हुँ।’  

रुपन्देही १ मा रास्वपाको उम्मेदवार सुनिल लम्सालको पक्षमा मत माग्दै उनले मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवैमा स्पष्ट निर्णय गर्न आग्रह समेत गरेका छन्। 

उनले मतदाताले प्रत्यक्षमा एक दल र समानुपातिकमा अर्को दललाई मत दिने कुरा गरिरहेको भन्दै यस्तो प्रवृत्तिले भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य नहुने बताए। ‘तपाईंहरूलाई भ्रष्टाचार आधा मात्र नियन्त्रण गर्नु छ कि पूरै ?’ भन्दै उनले  प्रश्न गरे।

प्रकाशित: २६ माघ २०८२ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App