पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तामाङ समुदायले मनाउने सोनाम ल्होसारको शुभकामना दिएका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्दै नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरेका हुन्।
उनले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए। नेता खनालले मुलुकलाई सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्नुपर्ने उल्लेख गरे।
प्रकाशित: ५ माघ २०८२ १२:०६ सोमबार





