२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

संसदको मर्यादा जोगाउन सबै जिम्मेवार हुनुपर्छ : खगेन्द्र सुनुवार

सांसद खगेन्द्र सुनुवारले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नहुदा संसदीय नियमावलीलाई अन्य सांसदले मान्नुपर्ने बताएका छन्। उनले अन्य मन्त्रीले सदनमा जवाफ दिन सक्ने व्यवस्था रहेको हुदाँ संसदलाई रोइलो गर्न नहुने र सबैले संसदीय मर्यादा कायम राख्नुपर्ने बताएका हुन्।     

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री आउनुपर्छ, जवाफ दिनुपर्छ भन्ने कुरा ठीक हो, तर नियमावलीले प्रधानमन्त्री अनुपस्थित हुँदा मन्त्रीले पनि जवाफ दिन सक्ने व्यवस्था गरेको  ।,’   

उनले सभामुखको भूमिकाको रक्षा गर्नु कुनै व्यक्ति विशेषको पक्षमा उभिनु नभई संसदको गरिमा जोगाउने दायित्व भएको बताए । ‘सभामुख भनेको एउटा व्यक्ति मात्रै होइन, त्यो संस्थाको गरिमा हो। राष्ट्रपति र न्यायालय पनि त्यस्तै गरिमासँग जोडिएका विषय हुन्,’ उनले भने। 

प्रतिनिधिसभा नियमावली तत्कालीन कांग्रेस–एमाले बहुमतको समयमा बनेको भन्दै  आफैले बनाएको नियम अनुकूल हुँदा स्वीकार गर्ने र प्रतिकूल हुँदा विरोध गर्ने प्रवृत्ति राम्रो नहुने उनको भनाई छ।  

उनले संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विषय स्वाभाविक भएपनि नियम र प्रक्रियाअनुसार संसद चल्नुपर्ने बताए । उनले भने, ‘हामीले प्रधानमन्त्री आउनु हुँदैन भनेका होइनौं। संसदको मर्यादा र नियमावलीको पालना हुनुपर्छ भनेका हौं।,’ 

प्रकाशित: ३० वैशाख २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App