१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावली दर्तामा उत्साह

आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई तीव्रता  दिएसगैं  नयाँ मतदाताको सङख्या थपिएको जानकारी दिएको छ।  निर्वाचन आयोगले मंगलबार २४ हजार नयाँ मतदाता थपिएको बताउँदै बुधबार पनि मतदाताहरुको नामावलीलाई निरन्तरता दिएको बताएको छ।

 मतदाता नामावली सङ्कलन कार्य खुलेयता मंसिर २५ गतेपछि २ लाख बढि नयाँ मतादाता थपएिको आयोगले जनाएको छ।

 आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई निरन्तरता दिँदै  आगामी निर्वाचनका लागि तयारी गरिरहेको छ। उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा  मतदाताको चाप बढेसगैँ आयोगले जनशक्ति र स्रोत  साधन थप गरेर मतदाता नामावलीलाई तिव्रता दिने जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App