ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत आयोजनाहरुको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको हो।
भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका श्रृंखलाबद्ध विपदमा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए।
उनले विद्युत व्यापारलाई बढाउन, नेपालमा सञ्चालित परियोजनाहरु सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न अनुरोध गरे।
विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए।
भेटमा ऊर्जा सचिव डा. जगदिश्वर कर्माचार्यसहित ऊर्जा मन्त्रालयका अधिकारीहरु सहभागी थिए।
यसैगरी भारतका तर्फबाट भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
प्रकाशित: १८ कार्तिक २०८३ १७:३३ बुधबार





-600x400.jpg)