२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

ऊर्जामन्त्रीले गरे तीन नयाँ सल्लाहकार नियुक्त

<br>

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्।

मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै चार सदस्यीय विज्ञ सल्लाहकार टोली पूरा भएको हो।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरेका हुन्।

यसअघि नै विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकिएको थियो। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको टोलीमा ऊर्जा, नीति, योजना, लगानी र निजी क्षेत्रको विज्ञता भएका चार सदस्य समेटिएका छन्।

यी सल्लाहकारहरूले सम्बन्धित क्षेत्रमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन र निजी क्षेत्रसँगको समन्वयमा आवश्यक सुझाव तथा परामर्श दिने मन्त्रालयले जनाएको छ।

मन्त्रीका सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्।

प्रकाशित: २८ श्रावण २०८३ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App