२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको बताका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको हो कि भन्ने आशंका उब्जाएको जिकिर गरे।

'आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको छ,' उनले लेखे, 'यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको छ।'

साथै उनले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर? भन्दै प्रश्न समेत गरे। लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्व दिइनुपर्ने बताउँदै उनले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भएको उल्लेख गरे।

'सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर?' उनले भने, 'लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्दछ। प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन हो।'

त्यसैले उनले जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न सरकारसँग अनुरोध समेत गरेका छन्। उनले भने, 'त्यसैले, जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु।'

प्रकाशित: ११ वैशाख २०८३ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App