२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

लोकतन्त्रका उपलब्धिको अनुभूति जनजीवनमा हुनुपर्छ : सभापति थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नगरी जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु नै आजको साझा दायित्व भएको बताएका छन्।

२०औँ लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

अपेक्षा र उपलब्धिबिचको दूरी घटाउन नसकिएको गुनासो आइरहेको स्वीकार गर्दै उनले भनेका छन्, ‘तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो।’

उनले जनअधिकार र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्। उनले संविधानको मर्मलाई व्यवहारमा उतार्न सुशासन र विकास नै प्रमुख आधार भएको उल्लेख गरेका छन्।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही ऐतिहासिक दिन र जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

हेर्नुस् उनको शुभकामना सन्देश
आज लोकतन्त्र दिवस!
जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित होइन, जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै हाम्रो साझा दायित्व हो।
आजको यथार्थमा अपेक्षा र उपलब्धिबिचको दूरी घटाउन नसकिएको गुनासो छ। तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो।
लोकतन्त्र दिवसको हार्दिक शुभकामना!

प्रकाशित: ११ वैशाख २०८३ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App