१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा, र्‍यालीको अग्रमोर्चामा ओली पत्नी राधिका

नेकपा एमालेले ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ। आइतबार पोलिटब्युरो सदस्य महेश बस्नेतको अग्रसरतामा ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा गरिएको हो। 

भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले विशेष भेलाको आयोजना गरेर उक्त फोर्सको घोषणा गरिएको छ। 

घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए। भेला अघि एमाले सम्बद्ध नेताकार्यकर्ताहरू गुण्डुमा र्‍याली निकालेर नाराबाजी गरेका थिए। 

उक्त र्‍यालीको अगुवाइ बस्नेतले गरेका थिए। र्‍यालीमा अध्यक्ष ओली पत्नी राधिका शाक्य पनि अग्रमोर्चामा देखिन्छन्। 

प्रकाशित: १६ कार्तिक २०८२ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App