२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक समस्या सम्बोधन नभए चुनावले निकास दिँदैन: यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्या समाधान नगरी गरिने चुनावले निकास नदिने ठोकुवा गरेका छन् । शनिबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक समस्या समाधान ननगरी गर्न लागिएको चुनावले देशलाई निकास नदिने बताए ।

अध्यक्ष यादवले जेन्जी आन्दोलन २०८४ मा गर्ने चुनाव २०८२ मा गर्नका लागि नभएको भन्दै फागुन २१ गते हुने चुनावले देशलाई निकास नदिने स्पष्ट पारे । यादवले भने‘जेन्जी आन्दोलन चुनाव गर्नका लागि मात्रै भएको होइन ।  राजनीतिक समस्याको समाधान नगरी, संविधान संसोधन नगरी गरिने चुनावले देशलाई निकास दिनसक्दैन ।’  

चुनावले निकास दिंदैन भन्ने बुझेर पनि आफूहरूको पार्टी  लोकतान्त्रीक पार्टी भएका कारण आगामी चुनावमा भाग लिने अध्यक्ष यादवले स्पष्ट पारे ।  उनले मुलुक असाध्यै संकटको अबस्थामा रहेको बताउँदै मुलुक अफ्ठ्यारो अबस्थामा पुगेको र यो अबस्थामा पुर्याउनमा काङ्ग्रेस र कम्युनिष्ट दोषी रहेको बताए  ।  

नेपालको संघियता ,लोकतन्त्र र गणतन्त्र यतिवेला  धरापमा परेको यादवले बताए ।  प्रदेश र सरकार भएपनि अधिकार नहुँदा संघीयता पूर्ण रुपमा कार्यान्वयनमा नआएको, भ्रष्टाचार र कुशासनका कारण युवा पुस्तामा निराशा बढेको र भदौ २३ र २४ गतेको आन्दोलन भएको यादवको भनाई छ । यादवले अहिलेको संसदीय  प्रणालीले समस्या समाधान नहुने भन्दै त्त्काल संविधान संसिोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थालगायत जनता समाजवादी पार्टी नेपालले राखेका २८ बुंदे माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।  

जनता समाजवादी पार्टी नेपालका सह–अध्यक्ष रकम चेम्जोङले तत्कालिन कांग्रेस एमालेको सरकारले  शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई मारेको आरोप लगाए । युवा विद्यार्थीले उठाएका  जाहेज मागको सुनुवाइ नगरी तत्कालिन सरकार युवा विद्यार्थीको हत्या गर्न उद्दत भएकै कारण देशै खरानी हुन पुगेको उनको भनाई छ । संविधान संसोधन नगरी गरिएको चुनावको औचित्य नभएको उनको दाबी छ ।  

 

प्रकाशित: १२ पुस २०८२ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App