आइसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पारी धरासायी भएको छ।
मध्यक्रमका ब्याटरहरू एकपछि अर्को गर्दै सस्तैमा आउट भएपछि नेपालले १७औं ओभरमा थप दुई विकेट गुमाउँदै संकटपूर्ण स्थितिमा पुगेको छ।
१७औं ओभरको दोस्रो बलमा अलराउन्डर गुलशन झा व्यक्तिगत ३ रन बनाएर आउट भए।
उनलाई इटालीका घातक बलर क्रिशन कालुगामेगेले एच.जे. मनेन्टीमार्फत क्याच आउट गराएका हुन्। कालुगामेगेको यो खेलमा तेस्रो विकेट हो।
त्यसको केही बेरमै सोही ओभरको पाँचौं बलमा नन्दन यादव रन आउट हुन पुगे। २ बलको सामना गरेका नन्दनले खाता समेत खोल्न सकेनन्। उनलाई जे. मस्को र मिडको तालमेलमा रन आउट गरिएको हो।
नेपालको ब्याटिङमा निकै खराब लय देखिएको छ। पछिल्लो ५ ओभरमा नेपालले मात्र २१ रन जोड्दा ५ महत्त्वपूर्ण विकेट गुमाएको छ।
समय ९३–३ को स्थितिमा रहेको नेपाल अहिले १०२–८ को अत्यन्तै कमजोर स्थितिमा पुगेको छ।
१६.५ ओभरको समाप्तिमा नेपालको स्कोर १०२/८ रहेको छ। अहिले क्रिजमा करण केसी २ रन बनाएर खेलिरहेका छन् भने अन्तिम दुई विकेटका रूपमा सन्दीप लामिछाने र ललित राजवंशी बाँकी छन्।
प्रकाशित: २९ माघ २०८२ १६:३४ बिहीबार





