२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालको ब्याटिङ धर्मरायो: आरिफ र लोकेश पनि आउट, १०० रनमा ६ विकेट पतन

आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ लाइनअप धर्मराएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १६ ओभर नपुग्दै ६ महत्त्वपूर्ण विकेट गुमाएर बल्लतल्ल १०० रन पूरा गरेको छ।

मध्यक्रममा इनिङ्स सम्हाल्ने प्रयास गरेका आरिफ शेख आउट भएपछि नेपाल थप संकटमा परेको हो। आरिफले २४ बलमा ३ चौकासहित २७ रन बनाएर आउट भए। उनलाई १५.४ ओभरमा जेजे स्मट्सको बलमा क्याम्पोपियानोले क्याच गरे।

त्यसअघि, १५औं ओभरको चौथो बलमा लोकेश बम पनि सस्तैमा समेटिए। उनी ५ बलमा ३ रन बनाएर बेन मनेन्टीको शिकार बने।

प्रकाशित: २९ माघ २०८२ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App