१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धादलीरहित ढङ्गबाट निर्वाचन हुने बताए ।  

निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताउँदै मन्त्री खरेलले भने, ‘आयोगले दुर्त गतिमा काम अघि बढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको बन्द सूचीमा ६४ वटा भन्दा बढी दलले बन्द सूची बुझाई सकेका छन् ।’

१० लाख वढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उनले सुरक्षा  निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोबल उच्च भएको बताए ।  

सरकारले निर्वाचनका लागि जनशक्तिसहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई छ । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने, ‘पाटीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।’  

जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो । 

प्रकाशित: १८ पुस २०८२ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App