२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन

सांसदलाई उपत्यका नछाड्न निर्देशन

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले निर्वाचन कार्यक्रम तय गर्दै उपत्यका बाहिर रहेका सांसदहरूलाई सोमबारभित्र काठमाडौं फर्किन अनुरोध गरेको छ। साथै उपत्यकामा रहेका सांसदहरूलाई बाहिर नजान पनि आग्रह गरिएको छ।

पठाइएको सूचनामा भनिएको छ, “नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौं उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुनुभएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ।”

कांग्रेसका प्रतिनिधिसभामा ३८ सांसद रहेका छन्।

प्रकाशित: ६ वैशाख २०८३ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App