निर्वाचन आयोगले मनाङबाट टेकबहादुर गुरुङ निर्विरोध विजयी भन्न नमिल्ने जनाएको छ ।
यसअघि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुरुङलाई बधाई दिँदै नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङबाट निर्बिरोध विजयी भएको र यसले लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता र जनविश्वासको स्पष्ट प्रमाण भएको बताएका थिए ।
यही विषयमा आयोगले भने मनाङमा राप्रपा र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि मंगोल नेसनल अर्गनाइजेसन तथा नेपाली कम्युनिष्ट पार्टीले फिर्ता लिन बाँकी रहेको जनाएको छ ।
आफूहरूलाई आएको सूचनामा पनि निर्विरोध बनाउने छलफलमा जुटेको भन्ने सुनिएपनि अहिले नै निर्विरोध भन्ने अवस्था नआएको आयोगले जनाएको छ ।
प्रकाशित: ९ माघ २०८२ १६:२५ शुक्रबार





