१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका छन्।

उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको बताउँदै सबैलाई आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरेका छन्। 

'हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,' उनले सामाजिक सञ्जालमा एक भिडियोमार्फत भनेका छन्, 'भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।'

प्रकाशित: ५ माघ २०८२ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App