१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीका मागप्रति लचिलो देखिए शिक्षामन्त्री, सहमति खोज्न सचिवलाई धनगढी पठाए

<br>

अनशनरत डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुगेका छन्।

सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र समाधान खोज्न प्रतिबद्ध रहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले शुक्रबार साँझ आफूले डा. केसीसँग गरेको टेलिफोन संवादलाई नै औपचारिक रूपमा अगाडि बढाउन मन्त्रालयका सचिव पौडेल प्रत्यक्ष संवादका लागि धनगढी पुगेको बताए।

वार्ता प्रक्रियालाई थप सशक्त र परिणाममुखी बनाउन आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव समेत धनगढी पुगेर संवादमा सहभागी हुने मन्त्री पोखरेलले जनाएका छन्।

डा. केसीका मागहरूप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले संवादकै माध्यमबाट चाँडोभन्दा चाँडो सहमतिपूर्ण निकास निकाल्न सरकार लागिपरेको बताएका छन्।

प्रकाशित: ९ श्रावण २०८३ १७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App