२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

शिक्षा ऐन तत्काल जारी गर्नुपर्छ: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतीक्षित विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेका छन्।

स्कुल फाउण्डेशनद्वारा आज बानेश्वरमा आयोजित शिक्षा ऐन विषयक विमर्श कार्यक्रममा बोल्दै नेता महरले देशमा चौतर्फी निराशा छाइरहेको सममा ऐन जारी गरेर सरकारले सकारात्मक सन्देश दिनुपर्ने बताएका हुन्।

संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न विद्यालय शिक्षा ऐनमा स्पष्ट खाका आउनुपर्नेमा उनको जोड थियो। 'नि: शुल्क र गुणस्तरीय शिक्षाको कार्यान्वयन कसरी हुन्छ ? भन्ने कुरा विद्यालय शिक्षा ऐनमै प्रष्ट हुनुपर्छ। अन्यथा संविधानको व्यवस्था केवल कागजमा मात्र सीमित रहन्छ,' उनले भने।

लामो समयदेखि ऐन संसदमा अड्किएर बस्दा शैक्षिक क्षेत्रमा अन्यौलता छाएको बताउँदै महरले सरोकारवालाको चासोलाई समेत ध्यानमा राख्दै विधेयकलाई तत्काल पारित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। शिक्षा जस्तो गम्भीर विषयमा राजनीति गर्न नहुने उनको धारणा छ। यस विषयमा सबै दलको साझा धारणा आवश्यक रहेको र सोही अनुरूप अघि बढ्न सुनको सुझाव छ।

महरले अधिकारको मात्र खोजी गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गर्दै कर्तव्य बोधसहितको सुधार आवश्यक बताए। उनले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत छुटाउनुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएका छन्।

शिक्षकलाई निजामतीसरहको सेवा सुविधा, प्रधानाध्यापकको लागि छुट्टै व्यवस्था र भौतिक पूर्वाधारमा राज्य गम्भीर बन्नुपर्ने उनको धारणा छ।

प्रकाशित: ५ भाद्र २०८२ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App