२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रसाईं भन्छन्: म प्रधानमन्त्री भएको भए २४ घण्टामा ४ सय भ्रष्टाचारी पृथ्वीमा रहने थिएनन्

फाइल।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्रै ४ सय जना भ्रष्टाचारीलाई कारबाही गर्ने अभिव्यक्ति दिएका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। j

वर्तमान सरकारले भ्रष्टाचारीलाई छुन पनि नसकेको आरोप लगाउँदै प्रसाईंले यो सरकार डलरमा आएको र यसमा सत्यता नभएको आरोप लगाए।

आफू प्रधानमन्त्री भएको खण्डमा भ्रष्टाचारीहरुलाई कुनै हालतमा नछोड्ने बताउँदै उनले भने, ‘म प्रधानमन्त्री भएको २४ घण्टामा, ४ सय भ्रष्टाचारी पृथ्वीमा हुँदैनथे।’

जेन-जी आन्दोलनका कारण थप रक्तपात हुन सक्ने देखेर आफूले सरकार नचाहेको उनको भनाइ थियो। उनले भने, ‘जेन-जीले फेरि आन्दोलन गरेपछि अरु रक्तपात हुन्छ भनेपछि मैले मलाई यो सरकार चाहिँदैन भनेँ। अहिलेको सरकार त टिक्दै टिक्दैन।’

सोही क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणी समेत गरेका थिए।

प्रकाशित: २७ आश्विन २०८२ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App