४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सदस्यमा डा. सूर्यप्रसाद पाठकको उम्मेदवारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा खुला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि डा. सूर्यप्रसाद पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

डा. पाठक पूर्व सांसद हुन्। उनले नेकपा एमाले संसदीय समितिको सचिव, केन्द्रीय सदस्य तथा पूर्वी एसियाका लागि प्रवासी नेपाली मञ्चको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ का इन्चार्जसमेत रहेका छन्।

एमाले नेतृत्वमा सर्वसम्मतको वातावरण नबनेपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। अध्यक्ष पदमै सहमति नजुटेपछि अन्य पदहरूमा पनि नेतृत्व दाबी गर्नेहरूको संख्या बढेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेसँगै अन्य पदहरूमा पनि दुवै प्यानलबाट उम्मेदवारी दर्ता गरिएको छ।

प्रकाशित: १ पुस २०८२ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App