४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मैले तलब लिन्न भन्दा पपुलिष्टलाई छटपटी : सुदन गुरुङ

नवनिर्वाचित सांसद् सुदन गुरुङले आफू सधैं जनताको लागि उभिने स्पष्ट पारेका छन्। 

सांसद्ले पाउने तलब नलिने घोषणा गरेपछि धेरैले यसको गलत भाष्य निर्माण गरेको भन्दै उनले दुख व्यक्त गरे। तर यो रकम जेन्जी आन्दोलनमा घाइते भएकाहरुलाई सहयोग गर्ने  घोषणा गरिसकेको भन्दै केही मानिसलाई यसले छटपटी बढाएको उनले बताए। 

'मेरो घाइते भाइबहिनीहरूको घाउमा मलम लगाउन आफ्नो पारिश्रमिक खर्च गर्छु भन्दा केही पपुलिष्ट साथीहरूलाई निकै छटपटी भएछ सायद उहाँहरूमा निस्वार्थ सेवा गर्ने संस्कारको कमी भएर होला त्यसैले अरुले गर्दा विश्वास नलाग्नु पनि स्वभाविकै हो।, उनले भने, अहिले पनि राज्यको कुनै सुविधा नलिई आफ्नै पौरख र व्यवसायबाट चलाउँदै विगत १० वर्षदेखि समाजप्रतिको उत्तरदायित्व निभाउँदै आएको युवा हुँ।'

आफू हिजो पनि जनताकै पक्षमा रहेको र भविष्यमा पनि रहने उनको भनाइ छ। 

'अभावमा रहेकालाई काँध थाप्ने संस्कारमा हुर्किएको हुनाले यो मेरो नितान्त व्यक्तिगत इच्छा र विवेकपूर्ण निर्णय हो, जुन मैले बोलेर मात्र होइन, व्यवहारमै पूरा गरेर देखाउँदै आएको छु।,' उनले भने, 'म हिजो पनि जनताकै लागि उभिएको थिएँ, आज पनि त्यही बाटोमा छु र भोलि पनि रहनेछु । मेरो कर्मको कदर समयले गर्ला, तर सस्तो आलोचनाले मेरो संकल्प कदापि डगमगाउँदैन।'

प्रकाशित: ४ चैत्र २०८२ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App