१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन हुने कुरामा फेरि आशंका पैदा भयो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुने कुरामा फेरि आशंका पैदा भएको बताएका छन्। चुनावी अभियानका क्रममा शनिबार झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।  

सरकारले त्यो आशंकालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा व्यक्त गरे। उनले मानिसहरू निर्वाचनमा धाँधलीको आशंका गम्भीर रूपमा गरिरहेको बताए। त्यस प्रकारको आशंकाको समेत सरकारले निवारण गर्नुपर्ने उनको भनाइ छ।

शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएका छन्।

अध्यक्ष ओलीले भने, 'निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ।'

उनले एमाले निर्वाचनको वातावरण बिगार्ने, बिथोल्ने काममा सहभागी नहुने स्पष्ट पारे।

प्रकाशित: १० फाल्गुन २०८२ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App