पूर्वराष्ट्रपति विद्या भण्डारीले सम्पर्क कार्यालय खोलेर औपचारिक कार्यक्रम गर्ने संकेत दिएकी छन्।
राजनीतिमा आउने घोषणा गरेकी भण्डारीले सम्पर्क कार्यालयको उदघाटन गरेसँगै औपचारिक कार्यक्रमहरु त्यहीबाट सञ्चालन गर्ने संकेत गरेकी हुन्।
योसँगै एमालेका समान्तर गतिविधिका लागि ढोका खुला भएको छ। मदन भण्डारी फाउन्डेसनले ७५ औं मदन जयन्ती मनाउका लागि गठन गरेको मूल समारोह समितिको सम्पर्क कार्यालय उद्घाटनमा एमालेका तीन पदाधिकारीहरु समेत सहभागी भएपछि समान्तर कार्यालयको अभ्यास देखिएको छ।
एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षद्वय युवाराज ज्ञावाली र सुरेन्द्र पाण्डे सहभागी भएका थिए।
पूर्वराष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै यतिबेला संसद् निरीह थलो बनेर बसिरहेको दाबी गरिन्। संविधान संशोधनको विषयमा ठूला दलहरुले कुरा उठाएर टुंगोमा पुर्याउन नसकेको आरोप समेत लगाइन।
‘ठूला दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए। संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरे तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ। के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन’, उनले भनिन्।
उनले लोकतान्त्रिक गतिविधिमाथि प्रतिबन्ध लाग्ने सक्नेतर्फपनि संकत गरेकी छिन्। उनले २०४६ सालदेसखि २०६३ सालको जनआन्दोलको उपलब्धीलाई संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी थिइन।
‘संविधानमा संशोधन गर्ने भनेर सरकार बन्यो तर अहिलेसम्म छलफल हुन सकेको छैन। के विषयमा संशोधन गर्न आवश्यक भएको हो ? यसमा केही भएको देखिदैनन्। आरोप लागेर पुष्टि भएको छैन उसले बोल्न पाउँदैन, निलम्बित भइहाल्छ। निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्श अनुसार काम गर्नुपर्छ तर आरोप लाग्यो भन्दैमा निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ?’, भण्डारीले प्रश्न उठाइन।
प्रकाशित: ५ भाद्र २०८२ १५:५८ बिहीबार





