२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा विभाजन लोकतन्त्रका लागि सुखद् होइन : एमाले नेता शाही

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा विभाजन आउनुले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताएका छन्।

प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, न्यूप्लाजामा बुधबार आयोजित कार्यक्रममा नेता शाहीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै शक्तिहरू मिल्नुपर्ने समयमा एक पुरानो दलमा फुटको स्थिति उत्पन्न हुनु सुखद् नभएको बताएका हुन्।  

नेता शाहीले मुलुकका कानुनी शासन र युवा पुस्ताको पवित्र भावना बमोजिम सुशासन हुनुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको बताउँदै लोकप्रियतावादले भने मुलुकलाई निकास नदिने पार्टीको धारणा रहेको जनाए। 

प्रकाशित: १ माघ २०८२ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App