नेकपा एमालेले संसद विघटन विडम्बनापूर्ण रहेको जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक परिस्थितिसँगै संसद विघटन विडम्बनापूर्ण भएको बताएका छन्।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति उपर्युक्त नभएको पोखरेलको भनाइ छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
प्रकाशित: २७ भाद्र २०८२ २१:४३ शुक्रबार

