१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

झापामा बालेन शाह र सुनसरीका उम्मेदवारबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार सरिन तामाङ (गोमा) र सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवार अशोक कुमारले फागुन २१ गते हुने निर्वाचनका विषयमा छलफल गरेका छन्।

छलफलमा आगामी निर्वाचनको रणनीति, संगठन विस्तार तथा चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल गरिएको बताइएको छ।      

सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार सरिन तामाङ (गोमा) धरानका मेयर हर्क साम्पाङकी प्रमुख प्रतिस्पर्धीको रूपमा चुनावी मैदानमा रहेकी छन्।  

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता साह आज दिउँसो झापा जिल्लाको दमकमा स्थानीय बुद्धिजीवी तथा स्थानीय नागरिकहरूसँग छलफलमा व्यस्त रहेका छन्।  

प्रकाशित: ७ माघ २०८२ १७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App