२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

घण्टीघरमा ‘डिनर पार्टी’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आफ्नो आधिकारिक उम्मेदवार घोषणा गर्ने पूर्वसन्ध्यामा शनिबार साँझ रात्रिभोजमा आयोजना गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित रात्रिभोजमा कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य लगायतका शीर्ष नेता र प्राइमरी चुनावमा सहभागी सबै नौ जना आकांक्षी उम्मेदवारहरू एकै ठाउँमा भेला भएका छन्।

पार्टीले भोलि (भदौ १५ गते) प्राइमरी चुनावको नतिजासहित आफ्नो आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम छ।

त्यसको ठीक अघिल्लो दिन सबै आकांक्षी र शीर्ष नेतृत्व एकै ठाउँमा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रात्रिभोजमा कार्यवाहक सभापति अर्याल, महामन्त्री बुर्लाकोटी र लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका सहमहामन्त्री आचार्यले सबै आकांक्षीहरूलाई धन्यवाद दिँदै पार्टीको निर्णयलाई मानेर एकढिक्का भई चुनावमा लाग्न निर्देशन दिएका थिए।

रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले नेपालमै पहिलोपटक प्राइमरी चुनाव (प्राथमिक निर्वाचन) को अभ्यास गरेको हो।

पार्टी सदस्यहरूले दिएको मतको आधारमा नौ जना आकांक्षीमध्येबाट एक जनालाई आधिकारिक उम्मेदवार घोषणा गरिनेछ।

प्रकाशित: १४ भाद्र २०८२ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App