२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी दर्ता गर्न दलबलसहित निर्वाचन आयोग पुगे धवलशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुरा नमिलेपछि उनी आफ्नो छुट्टै दलबलसहित पार्टी दर्ताका लागि आयोग पुगेका हुन्।  

राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका हुन्।

यसअघि सभापतिमा राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी दुई पक्षले पार्टी गठन गर्ने सहमति गरेका थिए। तर, प्रसाईंसँग पार्टीमा वरीयता र बाँडफाँडमा कुरा नमिल्दा उनले अलग्गै पार्टी दर्ता गर्न लागेका हुन्।

प्रकाशित: २९ श्रावण २०८३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App