२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

धनुषा–२ मा रास्वपाका रामविनोदको जित सुनिश्चित

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राम विनोद यादवको जित सुनिश्चित भएको छ।  

९ हजार ७५४ मत गणना गर्न बाँकी रहँदा रास्वपाका यादवले नेपाली कांग्रेसका उम्मेदवार दिनेशप्रसाद परसैला यादवभन्दा ३१ हजार १८१ बढी मत प्राप्त गरेका छन्।  

अहिलेसम्म ७४ हजार ५०९ मतगणना हुँदा रास्वपाका यादवले ४० हजार ५३२मत प्राप्त गरेका छन्।

कांग्रेसका परसैलाले ९ हजार ३७४ मत ल्याएर दोस्रो स्थानमा छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले ९ हजार २९७ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झाले ७ हजार ७९५ र जनता समाजवादी पार्टी (जसपा) नेपालका पशुपति यादवले ३ हजार ७९२ मत प्राप्त गरेका छन्  

यस क्षेत्रमा ८४ हजार २६३ मत खसेको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App