विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रम स्थगित गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार विद्यमान प्रतिकूल परिस्थितिका कारण स्तरोन्नति प्रक्रिया हालका लागि अगाडि नबढाउने निर्णय भएको हो।
नेपालले यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो । तर आन्तरिक तथा बाह्य आर्थिक सूचकहरूमा देखिएको प्रतिकूलताका कारण उक्त लक्ष्यलाई ६ वर्ष पछाडि धकेल्दै सन् २०३० को नोभेम्बरसम्मका लागि सारेको छ।
मन्त्रालयका अनुसार मुलुकको वर्तमान आर्थिक अवस्था र विश्वव्यापी परिस्थितिलाई ध्यानमा राखेर यो कदम चालिएको हो।
प्रकाशित: ८ जेष्ठ २०८३ १५:५३ शुक्रबार





