२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढीप्रभावित नुवाकोट पुगेर देउवाले भने- पुनर्निर्माण र पुनःस्थापनामा सबै जुटौं

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा तत्काल जुट्न सबै पक्षलाई आह्वान गरेका छन्।

बाढीग्रस्त क्षेत्रको अवस्था प्रत्यक्ष निरीक्षण गरेपछि उनले संकटको यस घडीमा उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिइन्।

‘भोटेकोसी बाढीको विपत्तिबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको अवलोकन गरेको छु,’ स्थलगत निरीक्षणपछि उनले भने, ‘यो विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा जुट्न म सबैलाई हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित: २५ भाद्र २०८३ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App