नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय 'साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण' भएको बताएका छन्।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए।
समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई 'समाजवादी क्रान्तिको प्रारम्भिक संकेत'का रूपमा व्याख्या गरे। उनले भने, '२३ र २४ का घटनाक्रमले देखाएको छ- क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।'
प्रकाशित: १५ कार्तिक २०८२ १४:०७ शनिबार





