२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

उपसभामुख ठाकुरले लिइन् पद तथा गोपनीयताको शपथ

नवनियुक्त उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले उपसभामुख निर्वाचित गरेलगत्तै उनलाई सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख अर्यालसमक्ष उपसभामुख रुबी कुमारीले शपथ लिइन्।  

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

को हुन् उपसभामुख रुबी कुमारी ठाकुर ?

यो पनि पढ्नुहोस्

नेपालकी कान्छी उपसभामुख रुबीकुमारी ठाकुर

प्रकाशित: २७ चैत्र २०८२ २०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App