३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

उपसभामुख रुवी कुमारी नेतृत्वको टोली चीन प्रस्थान

प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेका छन्।

चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उहाँको भेटवार्ता हुने कार्यक्रम छ।

उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ।

प्रकाशित: ३१ असार २०८३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App