२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नक्कली जेन-जीलाई कारबाही गर्न माग

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्वप्रमुख बलदेव चौधरीले जेन-जी आन्दोलनको आवरणमा आगजनी र लुटपाट गर्ने नक्कली जेन-जीलाई कारबाही गर्न माग गरेका छन् ।  

जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी र लुटपाट हुँदा त्रियुगा नगरपालिका ११ गाईघाटस्थित घरमै बुधबार पत्रकार सम्मेलन गर्दे चौधरीले जेन-जी आन्दोलनको नाममा व्यक्ति र सरकारी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।  

चौधरीले आगजनी र लुटबाटबाट आफ्नो झण्डै २ करोड बराबरको क्षति भएको बताए । नक्कली जेन-जी आफु घर नभएका बेला प्रवेश गरेर तोडफोड, आगजनी र लुटपाट गरेको उनको गुनासो छ ।  

अमानवीय तरिकाले आगजनी र लुटपाट गर्ने समूह कुनै हालतमा जेन-जी हुन नसक्ने भन्दै चौधरीले भने, ‘मलाई विश्वास छ, यो काम असली जेन-जीको होइन । नक्कली जेन-जी घुसेकोमा कुनै शङ्का छैन ।’ 

प्रकाशित: १ आश्विन २०८२ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App