महेन्द्र बहुमुखी क्याम्पस दाङमा उपप्राध्यापक पदमा कार्यरत प्रकाश श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं २ को सभापति पदमा उम्मेदवार बनेपछि उनको उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको छ।
घोराही उपमहानगरपालिका–१५ निवासी श्रेष्ठले पूर्वमन्त्री प्रचण्ड न्यौपानेका स्वकीय सन्तोष योगीसँग प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका छन्। सरकारी जिम्मेवारीमा रहेको व्यक्ति राजनीतिक दलको कार्यकारी पदमा उम्मेदवार बन्न नमिल्ने दाबी गर्दै पार्टीभित्रैबाट श्रेष्ठको उम्मेदवारी खारेज गर्न माग गरिएको हो।
उम्मेदवारी खारेजीको मागसहित परेको निवेदनमा महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक पदमा कार्यरत श्रेष्ठले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दर्ता गराएको उल्लेख गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (९) (२) तथा शिक्षण, प्राध्यापकसम्बन्धी सेवा नियमावलीअनुसार सरकारी सेवा वा अनुदान प्राप्त शिक्षण संस्थामा कार्यरत बहालवाला प्राध्यापकले राजनीतिक दलको कार्यकारी पदमा रहन वा दलको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने दाबी गरिएको छ।
निवेदनमा सोही कानुनी व्यवस्थाका आधारमा श्रेष्ठको उम्मेदवारी खारेज गर्न माग गरिएको छ।

प्रकाशित: १३ आश्विन २०८३ १६:३२ मंगलबार


-600x400.jpg)


