१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

सांसदलाई स्वकीय सचिव सुविधा दिनुपर्ने माग

रास्वपाका सांसद विपिनकुमार आचार्यले सांसदहरूको क्षमता अभिवृद्धि, नीति निर्माण क्षमता विकास तथा प्रभावकारी संसदीय भूमिकाका लागि स्वकीय सचिवको सुविधा उपलब्ध गराउन माग गरेका छन्। 

उनले नीतिगत, कानुनी तथा बहुआयामिक विषयमा विशेषज्ञ सहयोग आवश्यक पर्ने भन्दै सांसदहरूलाई सक्षम बनाउन स्वकीय सचिवको व्यवस्था आवश्यक रहेको बताए। 

नीति तथा कार्यक्रममा सांसदहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उनले पहिलो चरणमै स्वकीय सचिव सुविधा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। 

त्यसैगरी उनले संसदमा उठाइएका जनसरोकारका विषयको कार्यान्वयन अवस्था सार्वजनिक रूपमा ट्र्याक गर्न सकिने डिजिटल ड्यासबोर्ड निर्माण गर्न पनि सरकारलाई सुझाव दिए। 

संसद नागरिकको आवाज गुन्जने सर्वोच्च थलो भएको कारण संसदमा उठाइएका विषयलाई राज्यले सम्बोधन गर्‍यो कि गरेन भन्ने जानकारी नागरिकले पारदर्शी रूपमा पाउनुपर्ने उनकाे भनाइ छ।

संसदमा एउटा डिजिटल ड्यासबोर्ड हुनपर्ने र कुन सांसदले कुन विषय उठाए, कसलाई ध्यानाकर्षण  गराए र त्यसमा के कदम चालियो भन्ने विवरण आम नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था हुनुपर्ने बताए।  

प्रकाशित: ३१ वैशाख २०८३ १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App