३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

सडकको पार्किङ तत्काल हटाउन माग

कोशी प्रदेश राजधानी विराटनगरका सडकमा हुँदै आएको पार्किङ तत्काल हटाउन प्रदेश सभामा माग गरिएको छ। सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद गम्बु शेर्पाले विराटनगरका सडकमा गरिँदै आएको पार्किङ तत्काल हटाउन माग गरेका हुन्। 

शेर्पाले विराटनगरको मुख्य सडक र सहायक सडकहरूको दायाँ बायाँ दुवैतर्फ निजी तथा सार्वजनिक सवारीसाधन पार्किङ भइरहेको बताए। जसका कारण सडक साँघुरो भइ दुर्घटनाको जोखिम बढेको र ट्राफिङ व्यवस्थापन समेत अस्तव्यस्त देखिएको उनले गुनासो गरे। ‘प्रदेश राजधानी विराटनगरको पार्किङ व्यवस्थापनमा प्रदेश सरकारले के गरिरहेको छ?’  उनले प्रश्न गरे

शेर्पाले अर्बौं रुपैयाँ खर्च गरेर बनाइएका सडक पार्किङ नभएका कारण विराटनगरको सडकबाट पार्किङ तत्काल हटाइ पार्किङ स्थलको उचित व्यवस्थापन गर्न शेर्पाले विराटनगर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए। विराटनगरको मुख्य बजार क्षेत्रमा फुटपाथ खाली गर्ने अभियान महानगरपालिकाले सञ्चालन गरेको भए पनि पार्किङ व्यवस्थापनको काममा भने खासै चासो देखाएको छैन।  

दुई वर्ष पहिले विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रका सडकमा पार्किङ गर्न कडाइ गरेको थियो। तर, स्थानीय व्यापारीले सडकबाट पार्किङ हटाउँदा व्यवसाय प्रभावित भएको भन्दै विरोध गरेपछि महानगरपालिका पछि हटेको थियो।

स्थानीय व्यापारीहरूले सडकबाट पार्किङ हटाउने महानगरको कदमको विरोध गरेपछि विराटनगरका राजनीतिक पार्टीहरूले पनि व्यवसायीको विरोधलाई नै समर्थन गरेका थिए। सडकबाट पार्किङ हटाउने विराटनगर महानगरपालिकाको अभियानमा सबै पक्षले असहयोग गरेपछि विराटनगर महानगरपालिका पनि पछि हटेको थियो। जसका कारण हाल विराटनगरको मुख्य बजार क्षेत्रको राजमार्ग र सहायक मार्गहरू अस्तव्यस्त बनेका छन्।

प्रकाशित: २२ असार २०८३ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App