२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको राजीनामाबारे दाहालको टिप्पणी- दिनुभयो, राम्रो गर्नुभयो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदमका रूपमा लिएको टिप्पणी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक दाहालले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन्।

गृहमन्त्री गुरुङले राजीनामा दिएलगत्तै प्रतिक्रिया दिँदै दाहालले भने, ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो।’

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको सम्बन्धलाई लिएर प्रश्न उठेपछि गुरुङले बुधबार नै पदबाट राजीनामा दिएका थिए।

सो क्रममा संयोजक दाहालले अब देशको राजनीतिक अवस्था फेरिने दाबी समेत गरे। उनले पार्टी र कम्युनिष्ट आन्दोलनको पुनर्गठनमा जोड दिँदै छिट्टै नयाँ लहर आउने सुनाए।

‘पुरानो अवस्था अब नयाँ अवस्थामा फेरिन्छ। केही समय हेर्नुहोला, छिट्टै फेरि लहर आउँछ,’ दाहालले भने।

उनले अबको राजनीतिक दिशा पार्टी, कम्युनिष्ट आन्दोलन र १२ बुँदे समझदारी पक्षधरहरूको पुनर्गठनतर्फ केन्द्रित हुने उल्लेख गरे।

रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ताबारे सोधिएको प्रश्नमा उनले लामिछानेसँग आफ्नो नियमित भेटघाट भइरहने जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०८३ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App